महोत्तरी प्रहरीले अवैध सालको काठसहित ट्र्याक्टर र चालकलाई पक्राउ गरेको छ ।
जिल्लाको बर्दिबास नगरपालिका–१४ को भित्री सडकबाट ट्र्याक्टरमा लोड गरेर लैजाँदै गरेको ७९.१ क्युफिट सालको काठसहित ट्र्याक्टरका चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले प्रदेश २–०३–००१ त १११३ नम्बरको ट्र्याक्टरमा चारवटा सालका गोलिया काठ लोड गरेर लैजाँदै गरेको अवस्थामा सवारीसाधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१४ का २३ वर्षीय विशाल मगर रहेका छन् । बरामद भएको अवैध सालको काठ, ट्र्याक्टर र चालकलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय गौशाला पठाइएको प्रनाउ रावले बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ