बुधबार, चैत्र २५, २०८२

कर्णालीमा हिमपात : हिउँ कुरिरहेका किसान खुसी, जनजीवन कष्टकर


कान्तिपथ


जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्लामा लामो प्रतीक्षापछि हिमपातसँगै बर्सात भइरहेको छ । मंगलबार बिहान करिब ४ बजेदेखि जुम्लामा हिउँ पर्न थालेको हाे । लेकाली भेगमा बाक्लो हिउँ जमे पनि बेसीमा भने थोरै मात्र हिउँ परेको छ।

कर्णालीका हिमाली जिल्ला जुम्लासहित मुगु हुम्ला र डोल्पामासमेत हिमपातसँगै वर्षा भइरहेको छ । उता कालिकोट,सुर्खेत दैलेखमा पनि भीषण वर्षा भइरहेको छ ।

हिउँ कुरिरहेका कर्णालीका किसान मङ्गलवार बिहानैदेखि हिउँ पर्दा उत्साहित छन् । स्याउ किसान शंखु खत्री भन्छन्,‘केही दिन हिउँ निरन्तर  आउनुपर्छ, अनिमात्र बालीनाली सप्रिन्छ,उत्पादन बढ्छ । हिउँदे बाली जौ,गहुँलाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुन्छ ।’

हिमपातले विशेषगरी कृषि क्षेत्रलाई राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारी बताउनुहुन्छ । हिउँ नपरेर बाली सुक्न थालेको थियो । उहाँले भन्नुभयो,‘बाली सुक्ने,उत्पादन घट्ने चिन्तामा किसान थिए । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादन वृद्धिमा राहत पुराऊँ छ ।’

 हिमपातसँगै बढेको चिसोले कर्णालीको जनजीवन भने प्रभावित भएको छ । महिला बालबालिका,दिर्घरोगी,सडक मानव चिसाले प्रभावित भएका हुन् । चिसोले भाइरल ज्वरो आउन सक्ने भएकोले अत्यावश्यक काम बाहेक बाहिर नआउन र झोलिला पर्दाथ खान चिकित्सकको सुझाव छ ।

हिमपातले कर्णालीका हिमाली जिल्लाको हवाई तथा सडक यातायात पनि ठप्प भएको छ । जुम्ला नेपालगन्जको उडान,सँगै मुगु,हुम्ला,र डोल्पाको हवाई उडान ठप्प भएको हो ।  सडक यातायात कर्णाली राजमार्ग,नाग्म(गमगढी सडकको यात्रा पनि रोकिएको छ ।

यता प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले हिमपातपछि राहत उद्धार तथा पुनर्स्थापनाको पूर्वतयारी मजबुद बनाइएको बताउनुभयो । उहाँका अनुसार तीनै सुरक्षा निकाय तैनाथ अवस्थामा रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत