शुक्रबार, चैत्र २७, २०८२

भारतमा वायुसेनाका दुई लडाकु विमान एकआपसमा ठोक्किए


कान्तिपथ


भारतको मध्यप्रदेशमा वायुसेनाका लडाकु विमान ठोक्किए छन्। वायुसेनाको सुखोई–३० र मिराज २००० विमान शनिबार एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ।

दुबै ग्वालियर एयरबेसबाट उडेका थिए। एउटा भरतपुर र अर्को मुरैनामा खस्ने सम्भावना रहेको बताइएको छ।

प्रारम्भिक जानकारीअनुसार विमान भरतपुरमा खसेको बताइएको छभने अर्को विमानभने मोरेना नजिकै दुर्घटना भएको बताइएको छ।

अहिले घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरु पुगेका छन्।

घटनास्थलमा स्थानीयहरुको भीड जम्मा भएको छ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमानमा आकाशमै आगो लागेको थियो र जलिरहेको लडाकु विमान खसेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत