शुक्रबार, जेष्ठ १, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • गुल्मीमा मृत फेला परेकी महिलाको तालिम प्राप्त कुकुरद्वारा अनुसन्धान सुरु

गुल्मीमा मृत फेला परेकी महिलाको तालिम प्राप्त कुकुरद्वारा अनुसन्धान सुरु


कान्तिपथ


गुल्मीमा आफ्नै घरमा मृत अबस्थामा फेला परेकी महिलाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरद्वारा अनुसन्धान सुरु गरिएको छ । आइतवार हातमा टेप लगाएको, खुट्टा टेपले बाँधेको र घोप्टो पारिएको अवस्थामा मुसिकोट नगरपालिका–७ वामी निवासी ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको थियो ।

घटनाको दृश्य हेर्दा हत्या गरिएको हुन सक्ने भन्दै भैरहवाबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अर्जुन रानाभाटले बताउनु भयो । आइतवार दिनभर तालिम प्राप्त कुकुरको प्रतिक्षामा घटनास्थललाई शिल गरेर राखिएको थियो ।

हिजो बेलुकी साँझबाट मात्रै तालिम प्राप्त कुकुर र प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी र कुकुरले मृत अवस्थामा फेला परेकी गंगादेवीको शव र घरवरिपरिको अवस्थाबारे अवलोकन गरेको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोष्टमार्टको लागि जिल्ला सदरमुकाम लैजाने तयारी पनि गरिरहेको प्रहरी उपरीक्षक (एसपी) रानाभाटले बताउनु भयो । शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन् ।

मृत गंगगादेविको घरको चेनगेट बन्द अवस्थामा थियो । शेरचन आज बिहान घरबाट बाहरि ननिस्कीएपछि छिमेकीले सोधखोज गर्दा उनको शवलाई हातमा टेप, खुट्टामा टेपले बाँधेको र घोप्टो पारिएको अवस्थामा भेछेपछि प्रहरीलाई खबर गरेका थिए ।

शेरचनले विगत ४० वर्षदेखि गंगा होटल संचालन गर्दै आएकी थिइन् । स्थानीय आफन्त सुनिल शेरचेनले घटना संकास्पद भएकोले बिशेष अनुसन्धान कुकुरमार्फत गर्न माग गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत