जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको थुनुवा कक्ष फुटाएर भाग्ने योजनाका प्रमुख योजनाकार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लागुऔषध मुद्दामा पक्राउ परेर हिरासतबाट फरार भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नंं ५ का वर्ष ३५ को विनोद कुमार शर्मा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शर्मालाई गएराति राति १ः०० बजे मथिला नगरपालिकाको वडा नंं १० स्थित रातु खोलाको बगरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
गत पुस २८ मा लागुऔषधसहित पक्राउ परेका शर्माले नै हिरासत फुटाउने योजनाकार रहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।
हिरासतमा सबैभन्दा बढी १८ दिनदेखि शर्मा नै थुनुवा थिए । उनैले फोड्ने सुरुवात गरेपछि अन्य थुनुवाले उनलाई साथ दिएसँगै थुनुवा कक्षको भित्ता फुटाउन उनीहरू सफल भएका थिए ।
शर्मासँगै फरार ६ जना मध्ये ४ जना पक्राउ परिसकेका छन् । मङ्गलवार राति अभद्र व्यवहार तथा शान्ति सुरक्षा विरुद्धको मुद्दाका फरार थुनुवा हरिदिप सिंह, मङ्गलवार दिउँसो अमित मण्डल र सोमबार हातहतियार खरखजाना मुद्दाका रोशन महतोलाई सोमबार साँझ नै प्रहरीले गरिसकेको छ ।
अन्य दुई थुनुवाको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीको हिरासत फोडेको विषयमा प्रहरीले डिउटीमा रहेका तीन जना प्रहरीलाई निलम्बन गरी दुई वटा समिति निर्माण गरेर उक्त घटनाका विषयमा छानविन भइरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ