आइतवार, चैत्र २९, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • मलेसियाली गृहमन्त्री नासुसन र श्रम मन्त्री अर्यालबिच औपचारिक छलफल सुरु

मलेसियाली गृहमन्त्री नासुसन र श्रम मन्त्री अर्यालबिच औपचारिक छलफल सुरु


कान्तिपथ


मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गर्नुभएको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँग नेपाल र मलेसियाबीचको श्रम सम्बन्धका बारेमा औपचारिक छलफल हुनेछ । 

मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटलमा भेट जारी छ । मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ । ३ दिने नेपाल भ्रमणका क्रममा बिहीवार साँझ आउनुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । 

भेटमा नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल हुने बताइएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा श्रमिक पठाउनेमा नेपाल प्रमुुख स्रोत देश भएकाले नयाँँ व्यवस्था र परिस्थितिअनुसार नेपाली श्रमिक लैजाने वातावरण बनाउन मलेसियाको टोली आएको जानकारी दिनुुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत