शुक्रबार, जेष्ठ १, २०८३

रेशम चौधरीको मुद्दाकाे पेसी मोक्तान र शर्माको इजलासमा


कान्तिपथ


कैलालीको टीकापुर घटनाको पेसी आज तोकिएको छ। उक्त मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको हो। यसअघि ८ पटकसम्म साधारण तारिक र ६ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज बहस हुने जनाइएको छ।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र १ नाबालकको हत्या भएको थियो।

उक्त घटनामा थारू अगुवा भनिएका रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो। करिब त्यसको २ वर्षपछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

फागुन १२ गते चौधरीको पक्षमा कानुन व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज बहस हुनेछ।

चौधरीको मुद्दा न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोज शर्माको इजलासमा पेसी तोकिएको छ। थुनुवा १० नम्बरमा चौधरीको मुद्दा पेसी रहेको छ।

यसअघि पेसी तोकिए पनि सर्वोच्चबाटै स्थगित भएको थियो। २०७७ फागुन १२ गते जिल्ला अदालत कैलाली र उच्च अदालतको फैसला त्रुटीपूर्ण भएको भन्दै चौधरीका तर्फबाट पूनरावेदन गरिएको थियो। उक्त पुनरावेदनमा हालसम्म एकपटक पनि सुनुवाइ हुन सकेको छैन।

चौधरीको निवेदन सर्वोच्चमा आठ पटक पेसी तोकिएको छ। तर एकपटक पनि सुनुवाइ हुन सकेको छैन। यसअघि तीनपटक सुनुवाइका लागि इजलाससमेत तोकिएको थियो। दुईपटक हेर्न नभ्याइने र एकपटक हेर्न नमिल्ने हुँदै मुद्दा स्थगित भयो। अन्तिम पटक २०७९ भदौ २६ गते न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको थियो। उनीहरुको इजलासमा हेर्न नमिल्ने भएपछि पेसी सरेको थियो। प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत