शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • टर्की र सिरिया भूकम्प : अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान

टर्की र सिरिया भूकम्प : अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान


कान्तिपथ


sharethis sharing button Shar

काठमाडौं।टर्की र सिरियामा आज गएको घातक भूकम्पमा परी १७०० भन्दा बढीको ज्यान गएको छ ।

यहाँ पटक पटक परकम्पका धक्काहरु महसुस गरिएका छन । केहीबेर अघिमात्र अर्को ठूलो परकम्म जाँदा थप मानवीय क्षति भएको बिबीसीले जनाएको छ।

भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् । यसै बीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्वसमुदाय सँग आग्रह गरेको छ ।

टर्कीले स्तर ४’ अलार्म जारी गर्दै सहयोगका लागि अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सीले ७.८ म्याग्निच्युडको भूकम्पले तहसनहस पारेपछि तत्काल राहत र सहायता परिचालन गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत