शुक्रबार, चैत्र २७, २०८२

द्रुत गतिमा उद्धार हुन नसकेको राष्ट्रपतिको स्वीकारोक्ति


कान्तिपथ


आदिमान (टर्कीए)। टर्कीएका राष्ट्रपति सिसेप तैएप एर्डोगानले भूकम्प प्रभावित क्षेत्रमा अपेक्षा गरिएअनुसार सरकारीस्तरमा खोज तथा उद्धार द्रुत गतिमा हुन नसकेको स्वीकार गर्नुभएको छ । गत सोमबारको भूकम्पबाट देशका १० प्रान्तमा अकल्पनीय क्षति भएको छ ।

“धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, दुर्भाग्यवश हामीले अपेक्षाकृत द्रुत गतिमा उद्धारका काम गर्न सकेनौँ,” भूकम्पबाट अति प्रभावित दक्षिणी शहर आदिमानको भ्रमणपछि उहाँले भन्नुभयो । आजै उहाँ यहाँको बस्तुस्थिति बुझ्न आउनुभएको हो ।

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।एएफपी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत