शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३६ हजारभन्दा बढी पुग्यो

टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३६ हजारभन्दा बढी पुग्यो


कान्तिपथ


इस्तानबुल। टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ हजारभन्दा बढी पुगेको छ ।

स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा ४ हजार ५८१ जनाको मृत्यु भएको छ ।

अझै पनि दुवै देशमा उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । भूकम्पपछि आएको हिम आँधीका कारण उद्धार कार्यमा कठिनाइ हुँदा भूकम्पमा भग्नावशेषमा पुरिएका व्यक्तिलाई उद्धार गर्ने काममा कठिनाइ भइरहेको उद्धारकर्मीले बताएका छन् ।

भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन् । उनीहरूले अझै पनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई तीव्र बनाइरहेका छन् ।

सिरियामा टर्की निकट मानिने सीमा क्षेत्रमा विदेशी उपकरण आयात तथा प्रयोगमा लगाइएको प्रतिबन्धका कारण यहाँ स्थानीय स्रोत र साधनको प्रयोग गरी उद्धार कार्य जारी राखिएको छ ।सिन्ह्वा



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत