शुक्रबार, जेष्ठ १, २०८३

एसएसपी खनालको सक्रियतामा समातिए ३ देशका १३ लागु औषध तस्कर


कान्तिपथ


नेपाल प्रहरीले लागु औषध कारोबारमा संलग्न ६ जना विदेशी नागरिकसहित १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

लागु औषध कारोबारमा संलग्नमध्ये ४ जना थाई नागरिक, २ जना भारतीय र ७ जना नेपाली नागरिक गरी कुल १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीले २०७९ साल माघ २४ गते काठमाडौं महानगरपालिका २८ बाट सोलुखुम्बु जिल्लाका ३५ वर्षीय लाक्पा शेर्पालाई नियन्त्रित लागु औषध ब्रुपेनोर्फिन, डाइजेपाम र फेनारगन एम्पुल २०,३०० पिस, नाइट्रोभ्टै १२ हजार ९५० ट्याब्लेट र नगर ४ लाख ५ हजार सहित पक्राउ गरेको हो।

थप अनुसन्धानको क्रममा माघ २५ गते कामनपा वडा नम्बर २२ सुन्धाराबाट लाक्पा शेर्पालाई बिक्री गरेको लागु औषध बापतको रकम लिन भारत मधुवनीबाट काठमाडौं आएका भारत, बिहार राज्य मधुवनी जिल्लाका भारतीय नागरिक फैज अहमद (वर्ष ३८) लाई पक्राउ गरेको थियो।

त्यस्तै प्रहरीले माघ २६ गते धनुषाको औराही गाउँपालिका ३ बाट जनकपुरबाट काठमाडौंसम्म सवारी साधन व्यवस्थापन गरी लागु औषध एम्पुल लुकाएर पठाउने धनुषाका २९ वर्षीय रिहासद भन्ने अयान रेजालाई पक्राउ गरेको थियो। प्रहरीले माघ २६ गते नै धनुषाको औराही गाउँपालिका ३ स्थित कपटोलस्थित सडक किनाराबाट जनकपुरदेखि काठमाडौंसम्म लागु औषध लुकाइएको गाडीमा सँगै आइ लागु औषध एम्पुल लाक्पा शेर्पालाई दिने जिल्ला धनुषा औरही गाउँपालिकाका ४५ वर्षका जाकिर नदाफलाई धनुषाबाट पक्राउ गरेको थियो।

नेपाल प्रहरीले माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुबाट लाक्पा शेर्पासँग लागु औषध एम्पुल खरिद गर्दै आएका जिल्ला काभ्रेपलाञ्चोक भुम्लु ४ का २४ वर्षका दीपक तामाङलाई ६ हजार रुपैयाँसहित पक्राउ गरेको र माघ २७ गते नै काठमाडौं महानगरपालिका वडा नम्बर २२ काठमाडौं मलबाट लाक्पा शेर्पासँग लागु औषध एम्पुल खरिद गर्दै आएका नुवाकोट शिवपुरी ८ का २९ वर्षका लक्ष्मण बखतीलाई ६ हजार नगदसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए।

उनले लागु औषध चरेस २३.८ किलोग्रामसहित ४ जना थाई नागरिकलाई पक्राउ गरेको पनि जानकारी दिए। उनले माघ २८ गते कामनपा ९ गौचरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर कक्षमा थाई एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाइल्याण्डको बैंकक जान लागेका ५१ वर्षकी थाई नागरिक यवालुक जुएबश्री, ४२ वर्षकी परिचर्त पमप्रुक, वर्ष २५ का नतापोल त्रिचेइया, वर्ष २० की नतनरे त्रिचेइया रहेको बताए।

त्यस्तै लागु औषध खैरो हेरोइन ३९ ग्राम र डिजिटल तराजु थान १ सहित २ जना भारतीय व्यक्ति पक्राउ परेको उनले बताए। उनका अनुसार माघ २७ गते कामनपा ९ सिनामंगलस्थित एक होटलबाट मोरङ लेटाङ नगरपालिका २ का ३४ वर्षका रोशन रिसाललाई लागु औषध खैरो हेराइन १ ग्राम र डिजिटल तराजु थानसहित पक्राउ गरिएको हो। त्यस्तै थप अनुसन्धानको सिलसिलामा रोशन रिसालको साथबाट लागु औषध खैरो हेराइन बिक्री गरेका मोरङ केराबारी गाउँपालिका ३ का ३५ वर्षीय अमित श्रेष्ठलाई काठमाडौं ३२ कोटेश्वरबाट लागु औषध खैरो हेराइन ३८ ग्रामसहित पक्राउ गरी सार्वजनिक गरिएको खनाले बताए।

त्यस्तै माघ २९ गते कामनपा ३२ कोटेश्वरस्थित एक होटलबाट भारतको बिहार राज्य मधुवनी जिल्ला जयनगर, हथलेटेवा ४ का भारतीय नागरिक ३२ वर्षीय श्रवणकुमार महरालाई लागु औषध खैरो हेरोइन १२ ग्राम, डिजिटल तराजु थ, १ र नगद ६ हजार रुपैयाँसहित पक्राउ गरिएको बताए। उनले बरामद लागु औषध एम्पुलको बजार मूल्य प्रतिएम्पुल १६८ रुपैयाँका दरले २० हजार ३ सय एक्पुलेको अहिलेको मूल्य ३४ लाख १० हजार ४ सय रहेको बताए।

त्यस्तै बरामद लागु औषध नाइट्राभेट ट्याब्लेटको अवैध बजारमूल्य प्रतिट्याब्लेट ३० रुपैयाँका दरले १२ हजार ९ सय ५० ट्याब्लेटको अहिलेको मूल्य ३ लाख ८८ हजार ५ सय रहेको छ। त्यस्तै बरामद लागु औषध चरेसको अवैध बजारमूल्य प्रतिकिलोग्राम ३५ हजारका दरले २३.८ केजीको अहिलेको मूल्य ८ लाख ३३ हजार रहेको छ। त्यस्तै बरामद लागु औषध खैरो हेरोइनको अवैध बजार मूल्य प्रतिग्राम १० हजार रुपैयाँका दरले ५१ ग्रामको अहिलेको मूल्य ५ लाख १० हजार रहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत