बुधबार, बैशाख ३०, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • शिवरात्रिको पूर्वसन्ध्यामा सारस्वरनाथ मन्दिरबाट साढे चार किलो चाँदीको जलहरी चोरी 

शिवरात्रिको पूर्वसन्ध्यामा सारस्वरनाथ मन्दिरबाट साढे चार किलो चाँदीको जलहरी चोरी 


कान्तिपथ


सिरहा । सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरमा अवस्थित रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मङ्गलबार राति ज्योतिर्लिङ्गमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ ।

जिल्लास्थित प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता रामचन्द्र शाहका अनुसार राति अन्दाजी १२ बजेतिर मन्दिरमा चोरी भएको हो । उहाँका अनुसार चार केजीको चाँदीको जलहरी र अन्दाजी तीन हजार रुपैयाँसहितको दानपेटीका मन्दिरबाट चोरी भएको छ ।

प्रहरीका अनुसार चोरी गर्ने व्यक्तिको पहिचान अहिलेसम्म भएको छैन । “मन्दिर परिसरमा रहेको सिसिटिभी क्यामेराको रिसिभर पनि चूँडाएर लगेपछि अनुसन्धानमा समस्या भएको छ”, निमित्त प्रवक्ता शाहले भन्नुभयो, “प्रहरीले अन्य विधिबाट चोरी गर्ने समूहको खोजी तीव्र पारेको छ ।”

चोरी भएको दानपेटीका भने मन्दिरभन्दा करिब डेढ सय मिटर पर फुटाएर त्यसमा रहेको पैसा लिएर गएको अवस्थामा फेला परेको शाहले जानकारी दिनुभयो । चोरी भएको चाँदीको जलहरी पाँच लाख बढी मूल्य पर्ने बताइएको छ । विशेषगरी साउनको सोमबारमा यस मन्दिरमा धेरै टाढाटाढाबाट आउने भक्तजनको घुइँचो लाग्ने गर्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत