बालाजुमा आगजनी र लुटपाटमा संलग्न थप १२ जना सामाजिक सञ्जालमा देखिएका भिडियोका आधारमा प्रहरीले गरेको छ । प्रहरीले चोरीमा संलग्न तीन र आगजनीमा संलग्न नौजनालाई पक्राउ गरेको हो ।
जरङ्खु बस्ने काभ्रे पाँचखालका १९ वर्षीय सुरज मगर (सहचालक), तारकेश्वर बस्ने उदयपुर चौदण्डीका ३० वर्षीय रितेश बस्नेत र तारकेश्वर नै बस्ने मोरङ बेलबारी–४ का ३० वर्षीय यमन राईलाई विडियोको आधारमा चोरीमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ । त्यसैगरी आगजनी तथा तोडफोडमा संलग्न रहेको अभियोगमा बालाजु बस्ने नुवाकोटका १८ वर्षीय सुनिल कालिकोटे, बालाजु बस्ने नुवाकोटकै १८ वर्षीय सुदीप तामाङ र लोलाङ बस्ने नुवाकोट सूर्यगढीका १९ वर्षीय केशर राई पक्राउ परेका छन् ।
माछापोखरीका २२ वर्षीय रोमन नगरकोटी, माछापोखरीकै ३३ वर्षीय माधव शाही, जरङ्खु बस्ने सिन्धुलीका १८ वर्षीय इन्द्र तामाङ, तारकेश्वर बस्ने धादिङका २६ वर्षीय इलराज गुरुङ, ढुंगेधारा बस्ने उदयपुरका २७ वर्षीय राजन राउत, सामाखुसी बस्ने काभ्रेका २८ वर्षीय हरिशरण तामाङ, तारकेश्वर बस्ने धादिङका १८ वर्षीय विकास गुरुङ, डल्लु बस्ने चितवनका २७ वर्षीय संविधान परियार र तारकेश्वर बस्ने सामाखुसीका १९ वर्षीय कविन खड्गीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ