शुक्रबार, चैत्र २७, २०८२

इजरायली सेनाको आक्रमणमा परी ११ जना प्यालेष्टिनीको मृत्यु


कान्तिपथ


इजरायली सेनाको आक्रमणमा परी ११ जना प्यालेस्टायनीको मृत्यु भएको छ । घटनामा कयौं मानिस घाइते भएको बताइएको छ । इजरायली सेनाको कब्जामा रहेको वेस्ट बैंकमा गरिएको आक्रमणका क्रममा सो घटना भएको प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

हिजो बिहान इजरायली सेनाहरू पुरानो शहर नाब्लसमा प्रवेश गर्दा विस्फोट र बन्दुकको आवाज सुनिएको थियो । त्यही प्यालेस्टिनी बन्दुकधारीहरूसँग सशस्त्र झडप सुरु भएको बताइएको छ ।

इजरायली सेनाले आत्मसमर्पण गर्न अस्वीकार गर्ने तीन जना प्यालेस्टाइनी लडाकुलाई समेत मारेको छ । मारिने अन्य ८ जना भने सर्वसाधारण नागरिक रहेका छन् । व्यस्त बजार क्षेत्रमा आक्रमण भएकाले धेरै सर्वसाधारण हताहत भएका हुन् । मारिनेमा वृद्धवृद्धा तथा बालबालिका समेत परेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत