विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने नेपाल वायु सेवा निगमका पाइलटमाथि कारबाही गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । १२ साउनमा मलेसियाको क्वाललम्पुरबाट काठमाडौंका लागि उडेको वायु सेवाको विमानमा पाइलटले परिचारिकामाथि दुर्व्यवहार गरेको भन्दै प्राधिकरणमा उजुरी परेको थियो ।
प्राधिकरणले शुक्रबार वायु सेवा निगमले सो विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
उनका अनुसार अहिलेलाई आरोपित पाइलटलाई विमान उडानमा रोक लगाउनसमेत निर्देशन दिइएको छ । उनले भने, ‘वर्कप्लेसमा महिलामाथि हिंसा भएको कुरा राम्रो भएन । महिलालाई वर्कप्लेसमा सुरक्षित गर्नुपर्नेमा यस्तो भएको विषयमा छानबनि गर्न निर्देशन दिइएको हो ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ