शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • शिक्षामा पहुँच रोक्न इरानी छात्रालाई विषाक्त पदार्थ खुवाइने गरिएको दावी

शिक्षामा पहुँच रोक्न इरानी छात्रालाई विषाक्त पदार्थ खुवाइने गरिएको दावी


कान्तिपथ


इरानको पवित्र शहर कोममा छात्राहरूको शिक्षामा पहुँच रोक्ने उद्देश्यले ‘केही व्यक्तिले’ उनीहरूलाई विष खुवाएको यहाँका एक उपमन्त्रीले बताउनुभएको छ ।

नोभेम्बरको अन्त्यदेखि तेहरानको दक्षिणमा पर्ने कोममा मुख्यतया विदालयस्तरका छात्राहरूमा श्वासप्रश्वाससम्बन्धी विषाक्तताका सयौं घटनाहरू देखा परेका छन् । उपस्वास्थ्यमन्त्री युनेस पनाहीले विषाक्त पदार्थ जानीजानी खुवाइने गरिएको पुष्टि गर्नुभएको छ ।

“विशेषगरी छात्राविद्यालय बन्द गर्न चाहर कोमका विद्यालयमा धेरै विद्यार्थीलाई विष खुवाई केही मानिसहरुले विशेषगरी छात्राविद्यालय बन्द गर्न चाहेको भेटिएको छ,” पानाहीलाई उद्धृत गर्दै सरकारी समाचार संस्था, इरनाले जनाएको छ ।

मन्त्रीले घटनासँग सम्बन्धित कोही पनि अहिलेसम्म पक्राउ नपरेका बताउनुभयो । गत फेब्रुअरी १४ का दिन बिरामी परेका विद्यार्थीका अभिभावकहरू शहरको प्रान्तबाहिर भेला भई अधिकारीहरूसँग ‘स्पष्टीकरण माग’ गरेका थिए ।

अर्को दिन सरकारका प्रवक्ता अली बहादोरी जाहरोमीले गुप्तचर र शिक्षा मन्त्रालयले विषाक्तताको कारण पत्ता लगाउने प्रयास गरिरहेको बताउनुभएको थियो ।

गत साता महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्टेजेरीले घटनाको न्यायिक छानबिन गर्न आदेश दिनुभएको थियो ।

गत डिसेम्बर १६ मा २२ वर्षीया इरानी कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा महिलाका लागि कडा ड्रेस कोडको उल्लङ्घन गरेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला उक्त विषाक्ततासम्बन्धि घटना आएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत