धनुषा प्रहरीको भ्यानबाट हाम फालेर हतकडीसहित भागेका बलात्कारका अभियुक्त ३ दिनपछि पक्राउ परेका छन्।
आइतबार साँझ करिब ७ बजे धनुषाको सहिदनगर नगरपालिका ३ स्थित यदुकुहा र सशस्त्र क्याम्पबीचको नहरमा हाम फालेर भागेका सबैला नगरपालिका १३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
मंगलबार मध्यराति करिब सवा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले मुखियालाई जनकन्नदनी गाउँपालिका १ ईनर्वा स्थित भारतीय सीमा नजिक भारततर्फ जान लागेको र लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ