बिहिबार, फाल्गुन १०, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • एमालेका पूर्व केन्द्रिय सदस्यलाई भ्रष्ट्राचार मुद्धामा ९ वर्ष जेल २ करोड जरिवाना

एमालेका पूर्व केन्द्रिय सदस्यलाई भ्रष्ट्राचार मुद्धामा ९ वर्ष जेल २ करोड जरिवाना


कान्तिपथ


पूर्वमन्त्री तथा नेकपा (एमाले) का पुर्व केन्द्रिय सदस्य बद्री न्यौपानेलाई भ्रष्टाचार मुद्दामा साढे ९ वर्ष कैद सजाय हुने भएको छ। भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले न्यौपानेलाई ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना हुने फैसला सुनाएको हो।

न्यौपानेबाट जरिबाना तोकिएको रकमजति नै बिगो असुल गर्ने फैसला पनि विशेष अदालतले गरेको छ। फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

भृकुटीमण्डपको ६० रोपनी जग्गा फनपार्कलाई १० वर्षको लागि प्रतिमहिना ५ लाख ५५ हजार रुपैयाँ भाडामा दिने निर्णयमा उनीहरुको बदनियत देखिएको हो।

यो मुद्दामा प्रमोद मेहतालाई ८ वर्ष ६ महिना कैद, हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमारलाल कर्णलाई लाई ८ वर्ष कैद र अरुलाई जति नै विगो र जरिवानाको फैसला भएको छ।

त्यसैगरी रविन्द्रकुमार यादवलाई ९ वर्ष कैद सजाय तोकिएको छ। उनीबाट अरुलाई जतिनै बिगो भराउने फैसला पनि विशेष अदालतले गरेको छ। सर्लाहीको हरिवन नगरपालिका २ अत्रौली घर भएका पूर्वमन्त्री न्यौपाने हाल प्रभु साह नेतृत्वको आम जनता पार्टीमा छन्।

कांग्रेसबाट राजनीति सुरु गरेका न्यौपाने ०६४ सालमा सर्लाहीमा सुरु भएको चुरे भावर आन्दोलनमा लागेर समानुपातिक सांसद बनेका थिए। चुरे भावर छाडेर तत्कालिन नेकपामा प्रवेश गरेका उनी नेकपामा केन्द्रीय सदस्यसमेत बनेका थिए। पछि उनी एमालेमा प्रवेश गरेर पनि केन्द्रीय सदस्य बने।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत