बुधबार, बैशाख १२, २०८१

चापागाँउबाट आठौँ शताब्दीको बुद्धका ४ मध्ये ३ मूर्ति चोरी


कान्तिपथ


ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुईवटा मूर्ति चोरी भएको छ ।

चापागाउँ स्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिए ।

चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको थियो ।

चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ ।

बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधारणले भेट्टाएका हुन् । यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत