शनिबार, चैत्र ९, २०८१

डिएसपी भाटको कमाण्डमा करोडौं ठगिका ८ नाईके समातिए


कान्तिपथ


जागिरको लोभ देखाएर युवाहरू ठग्ने ग्लोबल ओरियन्स नेपालका टीकापुरस्थित प्रतिनिधिहरू पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) उद्धवसिंह भाटका अनुसार चैत ५ गते आइतबार ग्लोबलका १२ जना प्रतिनिधि विरुद्ध जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भएको छ । जसमध्येका डेकेन्द्र विक लगायतका आठ जना पक्राउ परिसकेका छन् । २१ जनालाई सोधपुछ गरेको छ ।

२०७७ असारमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा कार्यालय रहने गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्देश्य राखी खुलेको ग्लोबल ओरियन्स नेपाल प्रा.लि. नामको कम्पनीले टीकापुरमा सम्पर्क कार्यालय खोली करोडौँ रुपियाँ उठाएको पाइएको छ ।

पहिले भारत र पछि टीकापुरलाई कार्यक्षेत्र बनाएका साजन चौधरी अहिले ग्लोबल ओरियन्स नेपालका नाममा नेटवर्क चलाइरहेका छन् । साजन चौधरीका अनुसार टीकापुरमा ८०० देखि एक हजार युवाहरू यसमा संलग्न छन् ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका – ५ बस्ने ३३ बर्षीय लालबिर चौधरी, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका –४ बस्ने २० बर्षीय डेकेन्द्र बहादुर विक, सोही ठाउँका बिन्द्रासैनी नगरपालिका –८ बस्ने १९ बर्षीय रबिन्द्र बोहरा, सोही ठाउँका १८ बर्षीय भरेश शाही, दैलेख दुल्लु नगरपालिका – ९ बस्ने १९ बर्षीय खगेन्द्र जैशी आठबिस नगरपालिका – १ बस्ने २५ बर्षीय जितेन्द्र बिक, सोही ठाउँका २३ बर्षीय दुर्गा बिक र आठबिस नगरपालिका – ३ बस्ने २० बर्षीय बर्षा बडुवाल रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

इजाजतमा बस्तुको प्रत्यक्ष बिक्री गर्ने भनिए पनि व्यवहारमा भने नेटवर्किङ शैलीमा एक व्यक्तिले अरू धेरै व्यक्तिलाई त्यसमा जोडेर पैसा असुली कमाऊ धन्दा चलाइ रहेका छन् । प्रा.लि.ले पहिलो श्रेणीका व्यक्तिबाट १५ हजार, दोस्रो श्रेणीका व्यक्तिबाट ४० हजार र तेस्रो श्रेणीका व्यक्तिबाट प्रतिव्यक्ति एक लाख बिस हजारका दरले पैसा उठाएको भेटिएको छ । ग्लोबल ओरियन्समा पैसा बुझाइ सकेपछि फोन, फेसबुकबाट मानिस बोलाएर आफूले धेरै तलब पाएको भनिदिनु पर्ने र ग्लोबलसँग भेट गराई दिए बापत मासिक तलब पाइने लोभमा युवाहरू फसेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत