बुधबार, फाल्गुन ९, २०८०

५ लाखमा तिब्बती शरणार्थीलाई नक्कली नागरिकता


कान्तिपथ


जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी समेतको मिलेमतोमा तिब्बती शरणार्थीहरुलाई नागरिकता बिक्री गर्ने गरेको तथ्य खुलेको छ। प्रतिव्यक्ति ५ लाख रुपैयाँ रकम लिएर तिब्बती शरणार्थीहरुलाई नागरिकता बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ।

नेपालमा नक्कली बुवा–आमा खडा गरेर, साक्षी समेत नक्कली खडा गरेर, नक्कली सिफारिस बनाइ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सक्कली नागरिकता उपलब्ध गराउने गरिएको प्रहरीले जानकारी दिएको छ।

यो पक्ररणमा संलग्न गिरोहका सदस्यमध्ये नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको कचनाकबल गाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौंको बबरमहल घर भइ भक्तपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङको सुन्दर हरैचा–३ घर भइ ललितपुरको धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, ललितपुरको गोदावरी नगरपालिका– ७ घर भएका ३० वर्षीय विजय लामा र तनहुँको शुक्लागण्डकी–८ दुलेगौँडास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका २५ वर्षीय लोब्साङ ठिल्ले छन्।

न्युल्केश श्रेष्ठले हाल सम्म गैरनेपाली तिब्बती शरणार्थीहरु सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनि सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत