शुक्रबार, साउन ११, २०८१

कुँवर आईजीपी हुने लगभग पक्कापक्की !


कान्तिपथ


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रीलाई सिंहदरबारमा बोलाएका छन्। शुक्रबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको अवस्थामा प्रचण्डले सबै मन्त्रीलाई तत्कालै प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन निर्देशन दिएका हुन्।

सरकारले अपरान्ह बस्ने मन्त्रिपरिषद्‍बाट नेपाल प्रहरीको नयाँ आईजी नियुक्त गर्ने तयारी गरेको छ। नयाँ आईजीका लागि हालै बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, किरण बज्राचार्य र श्यामलाल ज्ञवाली प्रतिस्पर्धामा छन्। अर्का एआईज्ञजी दीपक पछिल्लो ब्याचका हुन्।

आईजीपी धीरजप्रताप सिंहले बिदा लिने तयारी गरिरहेका बेला शुक्रबार नै नयाँ आईजीको टुंगो लाग्नेछ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन्।

शुक्रबार मन्त्रिपरिषद् बैठक बस्नुअघि देउवाले कुँवरलाई आईजीपी बनाउन भन्दै प्रचण्डलाई टेलिफोन गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

देउवा नेतृत्वको सरकारले कुँवरलाई गत असारमा डीआईजीमा पहिलो नम्बरमा बढुवा गरेको थियो। प्रचण्ड नेतृत्वको सरकारले गत साता पहिलो नम्बरमा नै बढुवा गरेको हो।

तर संघीय प्रहरी ऐन बनाउने तयारी अगाडि बढेकाले ३० वर्षे हट्ने र आईजीपीको कार्यकाल लम्बिने छ। आईजीपीका लागि कुँवर र ज्ञवालीसँगै एआईजीहरु टेकप्रसाद राई, दीपक थापा र किरण बज्रचार्य पनि दाबेदार छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत