मङ्लबार, कार्तिक २७, २०८१

क्रसरको फाईल मास्टरको झोलामा : वडाको कुर्सी खोलामा !


कान्तिपथ


दोलखाको शैलुङ्ग गाउँपालिकामा एक शिक्षकले बितण्डा मच्चाएका छन् । नवीन माबि भुषाफेदाका राहत कोटाको शिक्षक अनमोल घिसिङले वडा कार्यालयका कुर्सी, टेबल, कम्प्युटर लगायतलाई सडकमा बजारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

एक स्थानीयका अनुसार मुडे कालापानी सडक निर्माण कम्पनीले निर्माण गरेको क्रसर र गिट्टी उत्खनन कार्यको बिषयमा लफडा गरिएको हो । निर्माण कम्पनीले नै क्रसर संचालन र गिट्टी उत्खनन गर्ने भनिए पनि घिसिङ्ग लगायत एउटा स्वार्थ समूह व्यक्तिले संचालन गर्न पाउनु पर्ने अडानमा थिए ।

वडा नं २ का अध्यक्ष तिर्थबहादुर श्रेष्ठ भने प्रक्रियागत ढंगमा आएर दर्ता हुनु पर्ने पक्षमा थिए । वडा अध्यक्ष श्रेष्ठ भने वडा, गाउँपालिकाको सिफारिस, सामुदायिक वनको स्वीकृति हुनु पर्ने अडानमा छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत