काठमाडौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीले उपत्यका भित्रका उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा जबान हरुलाइ नगद पुरस्कारसहित पुरस्कृत गरेको छ।
काठमाडौ उपत्यका कार्यालय रानिपोखरीबाट प्रहरी अतिरिक्त महानिरीक्षक दिवस लोहनीले उपत्यकाभित्र शान्ति सुरक्षा, अपराध रोकथाम, नियन्त्रण एबम अनुसन्धानमा उत्कृष्ट कार्य गरेका प्रहरी कर्मचारीलाई आफ्नो कार्यकाल मा उत्कृष्ट कार्य गरि संगठनको गरिमा बढाएको भन्दै सेवा निबृत्त हुँदै गर्दा त्यस्तो पुरस्कार प्रदान गरेका छन।
पुरस्कृत हुनेहरुमा काठमाडौ उपत्यका प्रहरी कार्यालयका डिएसपी रबिन्द्र बहादुर सिंह, काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी गोविन्द पन्थी, काठमाडौ उपत्यका कार्यालयका प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोक बहादुर जिसि लगायतका २१ जना प्रहरी कर्मचारी छन।
सम्बन्धित समाचार : पटुकाको ५० हजार झिक्न वृद्धाको हत्या : डिएसपी पन्थीको टोलीले एक हप्ता मै समात्यो !
काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डिएसपी पन्थीलेले मिति २०७८/०६/१९ गते जिल्ला काठमाडौ रामघाटस्थित हेमन्त महर्जनको घरमा डेरा गरि बस्ने भारतिय ब्यापारी दिलिप आदकलाई विभत्स हत्या गरि सिरकले छोपी ढोका बन्द गरि ताल्चा लगाएकोमा लासको गन्ध आएपछी घरधनीले दशैको दिन प्रहरी लाई खबर गरेकोमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डिएसपी पन्थीको टोलिले अनुसन्धान गरि ५ दिनमै उक्त घटनाका अभियुक्तको पहिचान गरि पर्सा घर हुने श्रीलाल ठाकुर लाई पक्राउ गर्न सफल भएको थियो ।
मिति २०७९/८/२० गते ९० बर्ष को वृद्ध महिला डिल्ली पुदवारलाई तारकेश्वर ६ स्थित जङ्गलमा विभत्स हत्या गरेको अभियुक्तलाई समेत डिएसपी पन्थीको टोलिले सफल अनुसन्धान गरि अभियुक्त नरेन्द्र शिबभक्तीलाई पक्राउ गर्न सफल भएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ