शुक्रबार, जेष्ठ १, २०८३

कार्यालय सहयोगीले भकुरे बैतडीका वडाअध्यक्ष : ४ वटा दाँत झरे !


कान्तिपथ


मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरद सिंह नेगीमाथि कुटपिट भएको छ। वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीले वडाध्यक्षमाथि कुटपिट गरेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

गएराति साढे ९ बजेतिर वडा नं. १ कै जिरो प्वइन्टमा रहेको बजारको एक पसलमा बुबाछोराले अध्यक्षमाथि कुटपिट गरेको बताइएको छ। वडाध्यक्ष नेगीका चार वटा दाँत भाँचिएको बताइएको छ। उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत