इजरायली सरकारले ल्याउन लागेको विवादास्पद कानूनको विरुद्धमा लाखौँ नागरिक प्रदर्शनमा उत्रिएका छन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले न्यायपालिकासम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुवात देखि इजरायलमा अशान्त रहेकोमा १३ औँ साता प्रदर्शनकारीहरू निरन्तर सडकमा छन्।
इजराली मिडियाले शनिबार आन्दोलनमा १ लाख ५० हजारभन्दा बढी नागरिक सहभागी रहेको अनुमानित तथ्यांक निकालेको छ। प्रदर्शनको विपक्षी दल र अभियन्ताहरूले नेतृत्व गरिरहेका छन्।
भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्री नेतान्याहूले न्यायपालिका कमजोर हुनेगरी कानूनी संशोधनको तयारी गरेका थिए। उक्त विरोधमा निरन्तर नागरिकहरू त्यहाँको सहर तेल अभिभमा प्रदर्शनमा छन्। शनिबार इजरायलको झण्डासहित नेतान्याहू सरकार कट्टर दक्षिणपन्थी भन्दै विरोध गरी लोकतन्त्रको नारा लगाएका थिए।
केही साना र्यालीहरू त्यहाँका साना सहरहरूमा पनि भएका थिए। प्रस्तावित कानूनको संशोधनले न्यायपालिकाको ओज घटाइ न्यायाधीश चयन सरकारले गर्ने बताइएको छ, जसले लोकतन्त्र खतरामा पर्ने प्रदर्शनकारीको भनाइ छ।
गएको सोमबार नेतान्याहूले संसद्मा कानून परिमार्जनको प्रस्ताव अघि बढाउन आह्वान गर्दै रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि आन्दोलन थप सशक्त भएको हो। प्रदर्शनकै क्रममा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ