बिहिबार, मंसिर २७, २०८१

लामिछानेको मुद्धा सिन्हा श्रीमानको इजलासमा


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुने भएको छ । लामिछानेविरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता पेस गरेर राहदानी लिएका लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी हालै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने मागसहित युवराज सफलले सोमबार रिट दिएका थिए ।

सोही रिटका आधारमा सर्वोच्चले आजका लागि पेसी तोकेको हो । यसअघि नागरिकता मुद्दा हारेपछि लामिछानेको सांसदसँगै मन्त्री पद गुमेको थियो । अहिले उनले नेपाली नागरिकता पुनर्प्राप्तिको प्रक्रिया पूरा गरिसकेका छन् ।

महान्यायाधिवक्ता पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय यही चैत ६ गते गरेका थिए ।जिल्ला सरकारी वकिलको कार्यालयहुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत