बुधबार, फाल्गुन ९, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • निवर्तमान खानेपानी मन्त्री अब्दुल खान भारतीय गिरोहको ‘सेक्स ट्रयाप’ मा : भिडियो भाइरल !

निवर्तमान खानेपानी मन्त्री अब्दुल खान भारतीय गिरोहको ‘सेक्स ट्रयाप’ मा : भिडियो भाइरल !


कान्तिपथ


निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानको अश्लील भिडियो बाहिरिएको सार्वजनिक भएको छ ।

मन्त्री छाडेको केही दिनपछि एक महिलासँग ह्वाटसएपमा अश्लिल गतिविधि गरिरहेको भिडियो बाहिरिएको हो । घखानले भने उक्त भिडियो ६ महिना पहिलेको भएको बताएका छन् ।

उनले कुराकानी भएको हो, तर भिडियो काटकुट पारेर आफूमाथि षड्यन्त्र गरिएको बताएका छन् । सुरुमा भारतीय युवतीले आफूलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको उनले बताएका छन् । फेसबुकमा साथी बनेर करिब २० दिन कुरा भएपछि ह्वाट्सएपमा भिडियो कल गरेर अश्लील फोटो र भिडियो देखाइएको उनले बताएका छन् ।

खानले बाँकेमै हुँदा आफूसँग कुरा भएको दावी गरेका छन् । यसबारेमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएको पनि उनले बताएका छन् । सुरुमा आफूसँग राम्रोसँग प्रोफेसनल नै कुरा भएको जानकारी दिंदै उनले भने, ‘तर पछि ह्वाट्सएपमा कुरा हुँदा भने सिधै त्यस्ता फोटो र भिडियो देखाउन थाले, पछि साथीहरुको प्रोफाइलमा पनि हालिदिएछन् ।’

तर भिडियोमा भने उनले पनि अश्लील गतिविधि गरेको देखिन्छ । सुरुमा ती युवतीको अश्लील भिडियो हेरिरहन्छन् । पछि आफैं त्यस्ता गतिविधि गरेको भिडियोमा देखिन्छ । ती युवतीसँग उनले हिन्दी भाषामा कुरा गरेको बताएका छन् ।

‘प्रहरीले यसमा केही टेनसन लिनु पर्दैन । हामी अनुसन्धान गरेर भिडियो पनि हटाउँछौं भनेका थिए । इण्डियातिर पनि हामी पठाउँछौँ भनेका थिए’, खानले भने । खानले तीन दिन अघि मात्रै मन्त्रीबाट राजीनामा दिएका थिए ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष समेत रहेका खान माघ ११ गते मन्त्री बनेका थिए । तर जनमतले उद्योग मन्त्रालय माग गरेको थियो । उक्त मन्त्रालय नपाएपछि चैत १७ गते उनले मन्त्रीबाट राजीनामा दिएका थिए । खान जनमतका समानुपातिक सांसद हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत