शुक्रबार, अशोज ४, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • ६ वर्षदेखि   चोरीको बिजुली प्रयोग गर्दै चन्द्रनगरका २० कार्यालय

६ वर्षदेखि   चोरीको बिजुली प्रयोग गर्दै चन्द्रनगरका २० कार्यालय


कान्तिपथ


सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका २० कार्यालय  बिगत ६ वर्षदेखि  विद्युत् मिटर बिनै कार्य सम्पादन गरिरहेका छन् । बाँकी रहेको  कार्यालयमा विद्युत् भए पनि बिजुली महसुल तिर्न सकेका छैनन् ।   । २० कार्यालयहरू मध्ये अधिकांश सरकारी विद्यालय रहेको र ती सबै विद्यालय तथा कार्यालयहरू ६ वर्ष देखि हुकिङ्ग गरी कार्यालय सञ्चालन गरिरहेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा ई हाजिरी लगाउन खोज्दा यस्तो तथ्य बाहिरिएको हो । ई हाजिरी लगाउँदा विद्यालयका प्रधानाध्यपकहरुले बिद्युत् सुविधा विद्यालयमा नभएको कारण देखाई ई हाजिरी जोड्न आनाकानी गरेपछि गाउँपालिकाले सरकारी कार्यालयमा मिटर जडानको अवस्था सम्बन्धी सर्वे गर्दा अधिकांश विद्यालयमा विगत ६ वर्ष भन्दा बढी समयदेखि विद्युत् चुहावट गरी कार्यालय सञ्चालन गरिरहेको पाइएको छ । 

विद्युत् मिटर नभएको २० वटा सरकारी कार्यालयहरू मध्ये १७ विद्यालय र बाँकी ३ अन्य कार्यालय रहेको बताइएको छ । विद्यालयमा ई हाजिरी जडान गर्न जानु भन्दा अगाडी विद्यालयमा गरिएको अनुगमनको क्रममा गाउँपालिका भित्रका लगभग सम्पूर्ण सामुदायिक विद्यालयहरूमा विद्युत् सञ्चालनमा रहेको, पखां चली रहेको, धरै जसो विद्यालयमा इन्टरनेट चलेको र  कम्प्युटर सञ्चालनमा रहेको पाइएको थियो । तर ई हाजिरी जडान गर्न जाँदा विधुत सञ्चालनमा न रहेको कारण देखाई केही विद्यालयका प्रधानाध्यापकले इ हाजिरी जडान गर्न अटेर गरेका थिए । 

गाउँपालिका भित्रका  १५ कार्यालयहरूले विद्युत् जडान गरे पनि बिल भुक्तानी गर्न नसकेको पाइएको छ। यसरी  सरकारी कार्यालयबाटै विद्युत् चुहावट भइरहेको जानकारी गाउँपालिकाले पाएसँगै गाउँपालिकाले  हुकिङ्ग गर्न बन्द गराएको छ । यतिबेला चन्द्रनगर गाउँपालिकाले विद्युत् चुहावट रहित पालिका बनाउने अभियान सञ्चालन गरिरहेको छ  । गाउँपालिकाले २० कार्यालयहरूमा मिटर जडान गर्ने योजना बनाइ उक्त कार्य अगाडी बढाई सकेको  जनाएको छ । गाउँपालिकाले  किसानहरूलाई कृषि मिटरसमेत उपलब्ध गराइरहेका छ  । 

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले विद्युत् मिटर बिनै सञ्चालनमा रहेका विद्यालय तथा अन्य कार्यालयहरूमा छिटै मिटर जडान गर्न निर्देशन दिएको बताउनुभयो । विद्युत् मिटर बिना कार्यालय सञ्चालन गरि रहेका विद्यालयका प्रधानाध्यापक र कार्यालय प्रमुखलाई विधुत मिटर आवेदन फारम गाउँपालिकाले उपलब्ध गराई सकेको छ ।  मिटर आवेदन फारम भरेर गाउँपालिकामा बुझाई सकेका विद्यालयहरूको मिटर जडान दस्तुर गाउँपालिकाले नेपाल विधुत प्राधिकरण मलगंवा वितरण केन्द्रमा बुझाउने व्यवस्था मिलाएको छ । यसअघिका  जनप्रतिनिधिहरूले सरकारी कार्यालयमै भइरहेको विद्युत् चुहावट रोक्ने कुनै प्रयास गरेको नदेखिए पनि आफूले यो समस्या छिट्टै समाधान गर्ने गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत