ब्राजिलको एक किन्डरगार्टन प्रिस्कूलमा भएको आक्रमणमा चार बालबालिकाको मृत्यु भएको छ । बुधवार सान्ता क्याटरिनाको ब्लुमेनाउको नर्सरी स्कूलमा आक्रमण भएको थियो। प्रहरीका अनुसार बञ्चरो लिएर एक व्यक्ति निजी नर्सरी विद्यालयमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गरेका थिए ।
२५ वर्षीय आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । सान्टा क्याटरिना राज्यका गभर्नरले तीन दिनको शोकको घोषणा गरेका छन्। राष्ट्रपति लुला डे सिल्भाले ट्वीट गर्दै घटनाको निन्दा गर्दै दुःख व्यक्त गरेका छन् ।
उद्धारकर्मीहरूले आक्रमणको समयमा यस विद्यालयमा ४० जना बालबालिका रहेको बताएका छन् । आक्रमणकारी पर्खालबाट हाम फालेर भित्र पसेर बालबालिकामाथि आक्रमण गर्न थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ