शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • अफगानिस्तानमा महिला कर्मचारीलाई संघ संगठनमा काम गर्न प्रतिबन्धः राष्ट्रसंघद्वारा निन्दा

अफगानिस्तानमा महिला कर्मचारीलाई संघ संगठनमा काम गर्न प्रतिबन्धः राष्ट्रसंघद्वारा निन्दा


कान्तिपथ


काठमाडौं- संयुक्त राष्ट्रसंघ प्रमुखले अफगानिस्तानमा तालिवान शासकले महिला कर्मचारीलाई संघ संगठनमा काम गर्न प्रतिबन्ध लगाएकोमा कडा निन्दा गर्नुभएको छ ।

महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानका शासकले महिला माथि भेदभावपूर्ण र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको समेत उल्लंघन गरेको भन्दै तत्काल आदेश खारेज गर्न आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघमा कार्यरत महिला कर्मचारीहरु त्यहाँ संचालित कार्यक्रमका लागि आवश्यक रहेको समेत महासचिव गुटेरसले स्मरण गराउनु भयो । सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबान शासकले महिलाको स्वतन्त्रतामा व्यापक रुपमा प्रतिबन्ध लगाउँदै आएका छन् ।

काम गर्ने अधिकारबाटै बञ्चित गर्ने गरी किन आदेश जारी गरियो भन्ने विषयमा समर्थन गर्ने कुनै शब्द नै नभएको बताइएको छ । तालिवानले राष्ट्रसंघका विदेशी महिला कर्मचारीलाई भने छुट दिएका छन् ।

राष्ट्रसंघले गम्भीर आर्थिक तथा मानवीय संकटबाट गुज्रिरहेको अफगानिस्तानका २ करोड ३० लाख मानिसहरूलाई मानवीय सहायता पुर्‍याउने काम गरिरहेको छ ।

राष्ट्रसंघीय कार्यक्रम संचालनका लागि पनि त्यहाँ कार्यरत महिला कर्मचारीको भूमिका महत्वपूर्ण रहनुका साथै आवश्यक अन्य महिलाको पहिचानका लागि अपरिहार्य रहेको राष्ट्रसंघको दाबी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत