शुक्रबार, फाल्गुन २, २०८१

छिमेकीको ३२ लाख लिएर टाप कस्ने पक्राउ


कान्तिपथ


झापामा ‘सस्तोमा जग्गा मिलाइदिन्छु’ भन्दै बैना रकम लिएर भागेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। गत बिहीबार दिउँसो अर्जुनधारा नगरपालिका ११ बसपार्कस्थितमा रहेको दुई कट्ठा जग्गा ‘सस्तोमा बिक्री भइरहेको छ, खरिद गर्न आउनू’ भन्दै बोलाएर रकम लिएपछि उनीहरू फरार भएका थिए।

कमल गाउँपालिका ५ का ५२ वर्षीय बिजय राईसहित चार जनाले मोरङको उर्लाबारी ४ का विष्णुमाया सापकोटालाई अर्जुनधारा ११ मा बोलाएर बैना कागजात समेत नगरी विष्णुमायाको साथमा रहेको ३२ लाख रुपैयाँ लिई फरार भएका थिए।

उनीहरू पैसा लिएर भागेपछि पीडितले इलाका प्रहरी कार्यालय अनारमनी झापामा खबर गरेका थिए। त्यसलगतै अनारमनीबाट प्रहरी टोली खटिएको थियो। रकम लिएर फरार दुई जना इलामतर्फ गएको सूचना प्रहरीले पाएको थियो।

जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरेर शुक्रबार इलामको पुरानो बसपार्कस्थित देउराली होटलबाट पक्राउ गरेको झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

उनीहरुको साथबाट प्रहरीले १४ लाख ६५ हजार रुपैयाँ पनि बरामद गरेको छ।

सोही घटनामा मोरङको बेलबारीका ६ घर भई झापा बस्ने ५५ वर्षीय रणबहादुर पोख्रेल र झापाको कमल गाउँपालिका ५ का ५२ वर्षीय विजय राईलाई अर्जुनधाराको थापा होटल एण्ड लजमा लुकेर बसेको अबस्थामा प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले १३ लाख रुपैयाँ बरामद गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत