चीनमा उपचारत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । गोली लागेर नेता पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ ।
ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । प्रहरीका निमित्त प्रवक्ता एसएसपी दिपेन्द्र जिसीका अनुसार नातामा नातीपर्ने प्रहरीका सहायक हवल्दार प्रकाश पुन मगरले चलाएको गोली लागेर उनी घाइते भएकी हुन् । सहायक हवल्दार पुनको सुरक्षा सेवा निर्देशनालयमा दरबन्दी रहेको छ ।
प्रहरी उच्चस्रोतका अनुसार सहायक हवल्दार पुन मगर साेही घरमा बस्दै आएका थिए । नयाँ वर्षमा खानपिनपछि उत्पन्न विवादमा सुरक्षाका लागि राखेको आफ्नै हतियारले पुन मगरले बृद्ध तिर्थमाली माथि गोली प्रहार गरेको हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ