सोमवार, मंसिर २४, २०८१

४६ लाख लुट्ने बाह्रबिसेका ३ जना पक्राउ


कान्तिपथ


काठमाडौं उपत्यकामा डलर साट्ने बहानामा ठगी गर्ने समूहका तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा घर भइ हाल ललितपुरको टिकाथली बस्ने २९ वर्षीय सुकलाल पाईन, सोही स्थानका २५ वर्षीय ईनकुमार पाख्रिन र २२ वर्षीय सूर्यबहादुर पाईन रहेका छन्।

उनीहरुले विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर साटीदिन्छु भनि लोभ देखाई ललितपुर हरिसिद्धिबाट १८ लाख काठमाडौंको चोभारबाट १८ लाख र ललितपुर ईमाडोलबाट १० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्राप्त निवेदन र पीडितले दिएको हुलियाका आधारमा सो घटनाबारे अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाइएको र घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास र थप अनुसन्धान कार्य जारी रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका सुकलाल पाईनलाई प्रहरी वृत्त बौद्धबाट २०७६ भदौ १० गते डाँकाचोरी कसुरमा मुद्दा चलेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत