बुधबार, फाल्गुन ९, २०८०

उपनिर्वाचन : आज रातिदेखि तीन दिनसम्म सिमा बन्द


कान्तिपथ


काठमाडौं। यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी आज राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ । उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।

यस्तै मतदानकार्य सम्पन्न नभएसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ । बारा क्षेत्र नं २ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि वैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरिएको प्रजिअ सापकोटाले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत