नक्कली भुटानी शरणार्थी प्रकरणको ठगीमा प्रभावकारी अनुसन्धानलाई अगाडि बढाएर उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सनसनी ल्याइरहेका छन् ।
यो ठगीमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । बहालवाला सचिव टेकनारायण पाण्डेसहितका अन्य ११ जना पनि पक्राउ परिसकेका छन् । यही ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी फरार भएका छन् ।
खाँणपत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणाले पनि करोडौं रकम बुझेको दाबीसम्बन्धी अडियोसमेत सार्वजनिक भएको छ । एकपछि अर्को प्रभावशाली, उच्च राजनीतिक नेतृत्व र प्रशासन तानिँदै गर्दा नारायणकाजीको वास्तविक परिक्षा सुरु भएको छ।

प्रमाण पुग्ने गरी उच्च राजनीतिक नेतृत्व तानिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि अनुसन्धानलाई प्रभावकारीरूपमा अगाडि बनाउन जनसमर्थन र चौतर्फी दबाब छ ।
जनस्तरबाट अन्य फटाई र भ्रष्ट्राचारको पनि छानबिन हुनुपर्ने स्वर आईरहेको बेला उनकै पार्टीका सचिव देवेन्द्र पौडेल जोडिएको अनियमितता प्रकरणमा पनि छानबिन हुनुपर्ने माग उठ्न थालेको छ । अन्य पार्टीका नेता कार्यकर्तालाई भ्रष्ट्राचारमा पोल्दै आएका नारायणकाजी आफ्नै पार्टीको सन्दर्भमा भने बोल्ड देखिन्छन् कि देखिन्नन् भन्ने प्रतिक्षाको विषय बनेको छ ।
तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरु छनोट गर्दा विचौलिया खटाएर रकम असुली गरेको प्रमाणहरु बाहिरिएको थियो । संकलित प्रमाण अनुसार ठेकेदारहरुले सुदुरपश्चिम र कर्णालीका विद्यालयहरुलाई चार कोठे भवनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत बजेट व्यवस्थापन गर्ने भन्दै पौडेलले खटाएका विचौलिया, माओवादी (केन्द्र) निकट सहायक संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाईसियल) का केन्द्रिय सदस्य निरज शाह ठकुरीले पटक पटक पैसा उठाएका हुन् ।

‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।

भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय छनोट भएका छन्। शाहलाई पैसा बुझाएका एक जना ठेकेदारका अनुसार शाहले चार कोठे भवन हाल्नका लागि सुरुमा १५० वटा विद्यालयको लिस्ट मागेका थिए । प्रति विद्यालय ३/४ लाख दिनु पर्ने उनको माग थियो ।

काठमाडौँमा भएका एक जना इन्जिनियर मार्फत निरजसँग डिल गरिरहेका ठेकदार मानबहादुर बोहोराले १२८ र बझाङ्गका ठेकदार गणेश खड्का र मधुसुधन खातीको समूहले १८ वटा गरि जम्मा १४६ वटा विद्यालयको सुची निरजको हातमा पुग्यो ।
सरकारले सबै स्थानीय तहलाई प्राथमिकताक्रम निर्धारण गरेर ६ वटा विद्यालयको नाम पठाउन भनेपछि निरजको हातमा परेको १४६ वटा विद्यालय मध्ये ४० वटा मात्र गाउँपालिका/नगरपालिकाको प्राथमिकताको सुचीमा परे । निरजले मन्त्री आफ्नै मान्छे हो भन्दै क्वार्टर मै खसी काटेर खाएको भिडियो पठाएर ठेकदारहरुलाई आश्वस्त पार्न खोजेको देखिन्छ । उनले ४० वटै विद्यालयमा ४/४ कोठे भवन हाल्ने भन्दै पैसाको माग गर्न थाले ।
जब राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत छनोट भएका विद्यालयको सुची सार्वजनिक भयो तब पैसा हालेका ठेकेदार तिल्मिलाए । उनीहरुले दिएको विद्यालयको सुचीका १२ वटा विद्यालय मात्र कार्यक्रमका लागि छनोट भएका थिए । छनोट भएका विद्यालय पनि आफैं अब्बल भएर छनोट भएका थिए जहाँ निरज या मन्त्री पौडेलको कुनै योगदान थिएन ।

यतिबेलासम्म निरजले मानबहादुर बोहोराबाट काठमाडौँका इन्जिनियर मार्फत ९ लाख ५० हजार नगद र ३६ लाखको चेक लिईसकेका थिए । भलै त्यो चेक अहिलेसम्म साटिएको छैन । निरज चेक बाउन्समा हाल्ने धम्की दिईरहेका छन् । आफुले भनेजति विद्यालय नपरेपछि फायर भएको ठेकदार समूहलाई कुल गराउन निरजले अझै ८२ करोड बजेट बाँकी छ त्यो सबै मन्त्रीले हाल्ने हो, टाईप गर्ने मैले नै हो भन्दै फेरि विद्यालयको नाम माग गर्न थाले ।
उनले दोश्रो लटमा ३० वटा विद्यालयलाई बजेट हाल्ने भन्दै फेरि पैसाको माग गर्न थाले । दोश्रो लटमा विद्यालयलाई बजेट पर्ने आशामा गणेश र मधुसुधनको समूहले साढे ११ लाख दिए । उक्त कुराको पुष्टि उनीहरुबीच भएको च्याटबाट पुष्टि हुन्छ । दोश्रो लटका लागि मानबहादुरले तिन पटक गरेर ६ लाख रुपैयाँ दिएका छन् । पछिल्लो चरण ३० वटा विद्यालयको नाम माग भए पनि एउटा विद्यालय पनि कार्यक्रममा परेन ।

यसरी पटक पटक गरेर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरु छनोट गर्छु भनेर पौडेलले विचौलिया मार्फत २७ लाख नगद र ३६ लाखको चेक गरि ६३ लाख लिएको देखिन्छ । एकातिर विचौलियाले पैसा खाएर बजेट नहाल्ने अर्कोतिर बजेट परेका १२ वटा विद्यालयले पनि आफ्नै कारण बजेट परेको हो भन्दै सम्झौता गर्न नमान्दा ठेकेदारहरुको बिचल्ली भएको छ भने लाखौं रुपैयाँ रकम डुबेको छ । पैसा फिर्ता माग्दा निरज चेक बाउन्समा हाल्ने धम्की दिन थालेका छन् ।

निरज र पौडेलको हिमचिम निरजले चलाउने फेसबुकमा अपलोड हुने फोटोले पुष्टि हुन्छन । ३६ लाखको चेक बनाउनका लागि नाम माग्दा निरजले कुमार शाही, रकम सिंह घलान, कृष्ण शाह र दिपक शाहको नाम दिएका छन् ।
संम्बन्धित समाचार :
वाईसियलका बिचौलिया मार्फत शिक्षामन्त्रीले झ्वाम पारे ६३ लाख : क्वार्टरमा खसी भोज !
माओवादी सचिव देवेन्द्र पौडेलको सम्पति छानबिन गर्न माग गर्दै केन्द्रिय कार्यालयमा उजुरी !
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ