रुकुम पश्चिम। रुकुम पश्चिममा ८ नाल भरुवा बन्दुक भेटिएका छन् ।
जङ्गलभित्र लुकाई छिपाई राखिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ८ नाल भरुवा बन्दुक भेटाएको हो ।
जिल्लाको मुसिकोट नगरपालिका ८, ओखरभिर सामुदायिक बन भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा ८ नाल भरुवा बन्दुक भेटिएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार बन्दुक कसले लुकाएर राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । रुकुम पूर्व तथा पश्चिमका जङ्गल तथा ओडारहरूमा बेलाबेला भरुवा बन्दुकहरू भेटिँदै आएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ