शनिबार, अशोज १३, २०८०

११ महिनामा वैदेशिक रोजगारीमा गएका एक हजार २४ जनाको मृत्यु


कान्तिपथ


काठमाडौँ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका एक हजार २४ जनाको मृत्यु भएको छ । 

वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ११ महिनाको पहिलो हप्तासम्म २५ वटा देशमा गएका एक हजार २४ श्रमिक मध्ये ३५ जना महिला श्रमिक रहेका छन् ।  

सचिवालयको तथ्याङ्क अनुसार सबैभन्दा साउदी अरेबियामा २ सय ९८ जनाको मृत्यु भएको छ भने  मलेसियामा २३८ जना श्रमिकको मृत्यु भएको छ । 

मलेसियापछि कतारमा १८६ जना श्रमिकको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ । यस्तै युएईमा १५३ जना, कुवेतमा ६० जना र बहराइनमा २० जना श्रमिकको मृत्यु भएको छ । 

यस्तै दक्षिण कोरिया गएका १७ जना श्रमिकको चालू आवमा मृत्यु भएको सचिवालयको तथ्याङ्क छ । महिला श्रमिकको तथ्याङ्क हेर्दा चालू वर्षको आज मंगलबारसम्म कुवेतमा ९ जना,युएईमा ८ जना र साइप्रसमा ४ जनाको मृत्यु भएको छ, जुन अन्य देशको तुलनामा बढी हो । 

त्यस्तै आजसम्मको तथ्याङ्क अनुसार विभिन्न १५ गन्तव्य देशमा पुगेका २ सय ६८ जना श्रमिक अङ्गभङ्ग भएका छन् । अङ्गभङ्ग हुने पनि बढी मृत्यु सङ्ख्या भएका ५ वटा देशहरू क्रमशः साउदी अरेबिया, युएई, कतार, मलेसिया र कुवेत रहेका छन् । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत