प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतमाथि गम्भीर आरोप लागेको छ । अध्यक्ष बस्नेतले पत्रकार महिलालाई मध्यरातमा मेसेन्जरमा फोन गरेर टर्चर दिने गरेको आरोप लागेको हो ।
एक पत्रकार महिलाले आफ्नो सामाजिक सञ्जाल फेसवुकमै लेखेर काउन्सिल अध्यक्ष बस्नेतले मध्यरातमा अनावश्यक रुपमा फोन गरेर टर्चर दिने गरेको उल्लेख गरेकी छिन् । ति पत्रकारका अनुसार अध्यक्ष बस्नेतले फेसवुकमा गलत नियतले राति मेसेज तथा फोन गर्ने गरेका छन् ।
सुरुमा मेसेज मात्रै आउदा आफूले आईडी ह्याक भएर आएको हुनसक्ने अनुमान गरेको भए पनि पछि फोन नै आएपछि भने अध्यक्ष बस्नेत नै भएको पुष्टि भएको ति पत्रकारले बताएकी छिन् । मेसेन्जर कलमा ३ मिनेटसम्म कुरा भएको ति पत्रकारले बताएकी छिन् । उनले अध्यक्ष बस्नेतलाई सच्चिन अनुरोध गर्दै आईडी ह्याक भएको भनेर नाटक मन्चन भने नगर्न चेतावनी दिएकी छिन् ।
महिला पत्रकारले ह्याक भएको नाटक मञ्चन चै नगर्नु होला भन्दै सामाजिक संजालमा राखेको १३ घण्टा पछि बस्नेतले लामो पहलपछि फेसबूक ह्याकरबाट मुक्त भएको जानकारी गराएका छन्। उन्ले आफ्नो मेसेन्जरबाट पैसा मागिएको, कल आएको कुरा शुभेच्छुकहरुबाट थाहा पाएपछि त्यस्तो हर्कत गर्नेलाई कारवाहीका लागि खोजी कार्य जारी रहेको जानकारी दिए।
उनले सार्वजनिक गरेको म्यासेजको स्क्रिनसटमा देखाए अनुसार बिदुद्र नाम गरेका एक जना युजरसंग ५ हजार पैसा मागिएको छ ।