सिंगापुरको सबैभन्दा पुरानो हिन्दू मन्दिरबाट आर्थिक अपचलनको घटना बाहिर आएको छ । सिंगापुर स्थित श्री मरियम्मन मन्दिरका ३७ बर्षीय पुजारी भारतीयका प्रधान पुजारीलाई १५ लाख डलर बराबरको मन्दिरको गरगहना व्यक्तिगत प्रयोगका निम्ति अपचलन गरेको अभियोगमा ६ वर्षको जेल सजाय सुनाइएको छ ।
सिङ्गापुरको चाइनाटाउनमा रहेको श्री मरियम्मन मन्दिरका पुजारी कन्डासामी सेनापतिलाई हिन्दू एन्डोमेन्ट बोर्डले डिसेम्बर २०१३ मा प्रधान पुजारीको रूपमा नियुक्त गरेको थियो। रिपोर्ट अनुसार २०१४ मा पुजारीसँग आफ्नो अधिकार क्षेत्र अन्तर्गत मन्दिरको गर्भगृहको भल्टको चाबी र नम्बर कोड थियो, जहाँ मन्दिरको स्वामित्वमा रहेको २५५ सुनका गहनाहरू राखिएका थिए, जसको कुल मूल्य १.१ मिलियन सिंगापुर डलर रहेको थियो। पुजारीले २०१६ मा १७२ पटक ६६ वटा सुनका गहना धितो राखेका थिए । उनले सन् २०१६ देखि २०२० सम्म धेरै पटक मन्दिरको गहना धितो राखे । पुजारीले लेखापरीक्षणको समयमा धितो राखेका गहना फिर्ता ल्याएर मन्दिरमा राख्ने र लेखापरीक्षणको प्रक्रिया पूरा भएपछि फेरि गहना धितो राखेर त्यसको बदलामा पैसा लिने गरेका थिए । सन् २०२० मा कोरोना महामारीका बेला यस विषयमा जानकारी सार्वजनिक भएको थियो । वास्तवमा त्यसबेला नियमित लेखापरीक्षण गर्दा धेरै गहना हराइरहेको पाइएको थियो ।
पुजारीले २०१६ र २०२० को बीचमा गहना धितो राखेर २,३२८,७६० डलर कमाए केही बाँकी पैसा भारत पठाइदिएका थिए ।
जुन २०२० मा लेखापरीक्षणको क्रममा पुजारीले मन्दिरको वित्तिय टोलीलाई उनीसँग गर्भगृहको कोषको साँचो छैन भने पछि शंका उठेको थियो । उनले भारत भ्रमणको क्रममा त्यहाँ बिर्सेको भन्ने जस्ता बहाना बनाउन थालेका थिए। तर दबाब परेपछि उनले आफ्नो अपराध स्वीकार गरे । यस सम्बन्धमा मन्दिरको आर्थिक टोलीले प्रहरीमा रिपोर्ट दर्ता गराएपछि मुद्दा अदालत पुग्यो । उनले ३० मार्च २०२० मा राजीनामा दिएका थिए ।
बोर्डलाई ठगी गरेको र पैसा देश बाहिर पठाएको अभियोगमा उनलाई दोषी ठहर गरिएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ