१० बर्ष देखि ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति सर्लाही ईश्वरपुर नगरपालिका-८ चौधरी बस्ती बयलवास बस्ने ४० वर्षीय नरेश चौधरीलाई मिति २०८०/०२/१८ गते बिहीबार विहान ०९:०० बजेको समयमा प्रहरीले पक्राउ गरेको छ ।
२०७० असोज २९ गते बिहान सिरहा कर्जन्हा नगरपालिका-१० बगाहा खोलाको पुलमुनि तनहुँ, पोखरी भन्ज्याङ घर भई नवलपरासी साविक आदर्श बस्ने २५ वर्षीया कल्पना परियार मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका क्रममा घटनामा नरेश चौधरीको संलग्नता खुल्न आएपछि अभियुक्त सर्लाही, ईश्वरपुर नगरपालिका-८ चौधरी बस्ती, बयलवासमा लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट प्रहरी निरीक्षक अनिल ठकुरीको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०८०/०२/१८ गते विहान ०९:०० बजेको समयमा निज फारर अभियुक्तलाई पक्राउ गरेको हो ।
उनलाई थप आवश्यक कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ