एभरेष्ट बैंकको इटहरी शाखामा भएको रकम चोरी प्रकरणमा प्रहरीले अनुसन्धान सकाएको छ । जिल्ला प्रहरी कार्यालय, सुनसरीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, सुनसरीमा बुझाएको हो ।
प्रहरीले बैंकिङ्ग कसूर र सट्टेबाजी कसूरमा मुद्दा दायर गर्न सुझाव दिएको छ । घटनाका मुख्य योजनाकार तत्कालीन इटहरी शाखाका अपरेशन हेड निरज प्रधान रहेको प्रहरीले जनाएको छ । त्यस्तै, बैंकका सात जना र अन्य तीन जना गरी १० जनाविरुद्ध मुद्दा चलाउन सुझाइएको छ ।
पक्राउ पर्नेमा बैंकका गाईंघाट शाखाका अपरेशन ईञ्चार्ज निरजसहित इटहरी शाखाका प्रबन्धक विश्वराज शाक्य, दाबा लामा, मनोज घिमिरे, देवराज घिमिरे, रञ्जित पण्डित, पवित्रा कटुवाल, शंकर भुजेल र अजय खिउँजु रहेका छन् ।
उनीहरुले अहिलेसम्म ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ निकालेको पाइएको छ । एउटै व्यक्तिको खाताबाट सात लाख रुपैयाँसम्म झिकेको प्रहरीले बताएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ