बिहिबार, बैशाख ३१, २०८३

धनुषाका भैंसी चोर पक्राउ


कान्तिपथ


धनुषामा दुई वटा भैंसी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले सोमबार चोरिएको दुई वटा भैंसीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए।

मिथिला विहारी नगरपालिका-७ तारापट्टी टोलबाट ३७ वर्षीय बलि मुखियालाई प्रहरीले पक्राउ गरेको हो।

उनले सोमबार राति १० बजे भैंसीलाई पैदल हिँडाएर जनकपुर तर्फ लगिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उक्त भैंसी मिथिला विहारी नगरपालिका-६ पथरा टोलमा बस्ने सुबल यादवको गोठबाट आइतबार राति चोरी भएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत