शनिबार, चैत्र २८, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • क्यानडा डढेलोः उत्तर अमेरिकाका दशौं लाख मानिस वायु प्रदूषणको उच्च जोखिममा

क्यानडा डढेलोः उत्तर अमेरिकाका दशौं लाख मानिस वायु प्रदूषणको उच्च जोखिममा


कान्तिपथ


क्यानडाको जंगलमा लागेको व्यापक डढेलोका कारण उत्तर अमेरिकाका दशौं लाख मानिस वायु प्रदुषणको उच्च जोखिममा परेका छन् । वायुको गुणस्तर अत्यन्त खराब भएकाले उत्तर अमेरिकीहरुलाई घर बाहिर निस्कँदा N95 मास्क लगाउन सुझाव दिइएको छ ।

डढेलोका धुँवाका कारण अमेरिकाको न्युयोर्क शहर र क्यानडाको ओटावाको वायुको गुणस्तर अत्यन्त खराब मापन गरिएको छ । जनस्वास्थ्यविद्हरुले खतरनाक वायुको स्तर रहेको भन्दै सर्वसाधारणलाई सचेत गराएका छन् ।

सार्वजनिक स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई घर बाहिर व्यायाम नगर्न र सकेसम्म धुवाँको जोखिमलाई कम गर्न चेतावनी दिएका छन् । डढेलोका कारण क्यानडाभरि हजारौं मानिसहरू विस्थापित भएका छन् ।

वन डढेलोका कारण क्यानडामा हालै मात्रै २० हजार मानिसले विस्थापित भएको जनाइएको छ । आगलागीले ३० लाख ३० हजार हेक्टरभन्दा बढी जंगल जलेको छ । क्यानाडाका अधिकारीहरूले देशले सबैभन्दा खराब वन डढेलोको सामना गरेको बताएका छन् । यसले जलवायु परिवर्तनको असर सुख्खा मौसमको जोखिम अझै बढाएको बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत