बिहिबार, बैशाख ३१, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत पक्राउ

५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत पक्राउ


कान्तिपथ


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उहाँलाई शङ्खमूलबाट पक्राउ गरेको हो । 

आरोपी भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत