बुधबार, चैत्र २५, २०८२

पोखरामा यो वर्षकै उच्च तापक्रम मापन 


कान्तिपथ


कास्की । पोखरामा यो वर्षकै उच्च तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार शुक्रवार पोखराको तापक्रम ३५ दशमलव ७ डिग्री सेल्सियस पुगेको हो । कार्यालयका मौसम सहायक सरोज अधिकारीका अनुसार  सन् २०२३ को अहिलेसम्म पोखराको तापक्रम उच्च पुगेको  बताउनु भयो । 

तापक्रम उकालो लागेपछि पोखरामा दिउँसोको समयमा मुख्य/मुख्य बजारमा चहलपहल घटेको छ भने जनजीवन पनि प्रभावित भएको छ । अझै केही दिन पानी पर्ने सम्भावना कम भएकाले तापक्रम अझै बढ्ने सक्ने अनुमान गरिएको छ । 

यसअघि सन् १९७५ अप्रिल ८ र १९९२ को अप्रिल २२ मा पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो । गर्मी बढेपछि पोखरा आसपासका खोलानाला र बजारभित्रका स्विमिङ पुलमा रमाउनेहरूको सङ्ख्या बढेको व्यवसायीले बताएका छन् । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत