धनकुटा । वर्षाका कारण नदिमा आएको बाढीले माछा बगाएर ल्याएपछि धनकुटाको मुलघाटस्थित तमोर नदीमा स्थानीयवासीहरु माछा मार्न घुइँचो लागेका छन्। वर्षाका कारण सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा जनधनको क्षति भएपनि धनकुटाको मुलघाट आसपासमा भने माछा मार्नेहरूलाई फाइदा पुगेको छ ।
तमोर तथा अरुण नदीमा बाढी आएपछि माछा मार्नेको भिड लाग्न थालेको छ । नदीमा लेदो सँगै ठूला ठूला माछाहरू बगरमा भेटिन थालेका छन् । तर, एकातिर बाढी आउने र अर्कोतर्फ माछा मार्नेहरूको भीड बढ्न थालेपछि जोखिम पनि उत्तिकै बढेको छ । नदीमा बाढी आएपछि एउटै माछा २५ केजीसम्मको भेटिएको छ। यसअघि २०७२ सालमा एक सय केजीसम्मको माछा भेटिएको मुलघाटकी फुलमाया श्रेष्ठले बताउनुभयो ।

तमोर भेटिएको माछा अहिले प्रतिकिलो एक हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ठूला माछा भेटिएपछि स्थानीयको व्यापार फस्टाएको छ । आइतबार बिहानैदेखि तमोर नदीमा माछा मार्नेको भीड लागेको श्रेष्ठले बताउनुभयो ।







देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ