शुक्रबार, जेष्ठ १, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • अख्तियारद्वारा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.ढकालविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.ढकालविरुद्ध मुद्दा दायर


कान्तिपथ


काठमाडौँ  । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आज मुद्दा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड ४४ लाख ११ हजार ७८१ सम्पत्ति स्रोत नखुलेको दाबीसहित डा ढकालविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । 

वि.सं.२०७४ साल साउनदेखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव रहेका डा ढकालले पदीय दुरुपयोग गरी अस्वभाविकरुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा छानविन गर्दा गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।   

सदस्य सचिवका रूपमा डा ढकालको चार वर्षीय कार्यकाल २०७८ साल साउनमा पूरा भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत