ललितपुर जिल्ला अदालतको फाँटमा एक कानुन व्यवसायीले अदालतको कर्मचारीमाथि कुटपिट गरेका छन्। बेलुका तारेख लिन पुगेका अधिवक्ता अमिर लामिछानेले जिल्ला अदालत ललितपुरमा कार्यरत रहेकी नायव सुब्बा प्रेमिका तामाङलाई हातपात गरेका हुन्।
पुनमाया मर्हजनविरुद्ध बद्री देशार भएको दुषित लिखत बदरसम्बन्धी मुद्दामा तारेख लिन पुगेका अधिवक्ता लामिछानेले आफूमाथि फाइल खोल्दै हातपात गरेको तामाङले बताइन्।
अधिवक्ता लामिछानले आफूलाई ‘तँ को होस्, तँलाई के थाहा छ’ भन्दै गालीगलौज पनि गरेको प्रेमिकाले सुनाइन्। उनले घटनापछि जिल्ला प्रहरी कार्यालय ललितपुरमा जाहेरी पनि दिएकी छन्।
कानुन व्यवसायी लामिछानेको आक्रमणबाट आफ्नो सर्ट च्यातिएको र ओठमा समेत घाउ भएको दाबी उनले गरेकी छन्। उनको जाहेरीपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ