शुक्रबार, जेष्ठ १, २०८३

पप्पु कन्ट्रक्सनका सञ्चालक पक्राउ


कान्तिपथ


काठमाडौं- नेपाल प्रहरीले काठमाडौँको बानेश्वरबाट पप्पु कन्स्ट्रक्सनका एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बाँकेमा परेको ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएकाले बानेश्वर प्रहरी वृत्तले उनलाई पक्राउ गरिएको बताउनुभयो ।

नेपालगञ्ज प्रहरीको अनुरोधमा पक्राउ गरिएको र उनलाई नेपालगञ्ज नै पठाइने उहाँले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत